Section 43
अधिकतम बल प्रयोग गर्न सक्ने
(१) कसैले दफा ३ बमोजिम तोकिएको बाटो बाहेक अन्यत्रबाट मालवस्तु निकासी वा पैठारी गर्न लागेमा भन्सार अधिकृत वा निजबाट अधिकारप्राप्त भन्सार कार्यालयका कर्मचारी वा अधिकारप्राप्त सरकारी कर्मचारीले निजलाई रोक्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम रोक्न खोज्दा निजले त्यस्तो अधिकृत वा कर्मचारीलाई हुलहुज्जत वा जोरजुलुम गरेमा भन्सार अधिकृत वा त्यस्तो कर्मचारीले निजलाई त्यसो नगर्न सम्झाउनु बुझाउनु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम सम्झाउँदा बुझाउँदा पनि निजले हुलहुज्जत वा जोरजुलुम गरेमा भन्सार अधिकृत वा त्यस्तो कर्मचारीले निजलाई पक्राउ गर्न सक्नेछ ।
(४) उपदफा (३) बमोजिम पक्राउ गर्न खोज्दा निजले जोरजुलुम गरेमा वा भाग्न उम्कन खोजेमा र तत्काल पक्राउ गर्न नसकिने अवस्था भएमा आफ्नो रक्षा र कर्तव्यको पालनाको निम्ति त्यस्तो भन्सार अधिकृत वा अधिकारप्राप्त अधिकारीको आदेशले घटनास्थलमा सुरक्षाको लागि खटिएका कर्मचारीले त्यस्तो घटना रोक्न पहिले हवाई फायर गर्ने र त्यसो गर्दा पनि स्थिति नियन्त्रण नभए वा हुलहुज्जत गर्ने व्यक्तिसँग समेत हतियार भएमा कम क्षति हुने गरी गोली समेत चलाउन सक्नेछ ।
(५) दफा ३ अन्तर्गत तोकिएको बाटो गरी सवारी साधनबाट आवत जावत गर्ने कुनै व्यक्तिलाई भन्सार कार्यालयको कर्मचारीले त्यस्तो सवारी साधन समेत रोक्न वा रोक्न लगाउन आदेश दिन सक्नेछ । त्यस्तो आदेश नमानी हुलहुज्जत वा जोरजुलुम गरी त्यस्तो सवारी साधन नज“चाई भगाउने प्रयत्न गरेमा वा भगाएमा त्यस्तो सवारी साधनको पाङ्ग्रामा भन्सार अधिकृतको आदेशले भन्सारमा सुरक्षाको निमित्त खटिएका कर्मचारीले कम क्षति हुने गरी गोली चलाउन सक्नेछ ।
(६) उपदफा (४) र (५) बमोजिम गोली चलाउन परेको अवस्थामा सो कुराको जानकारी भन्सार अधिकृत -वा अधिकारप्राप्त अधिकारीले छिटो साधनद्वारा महानिर्देशक तथा सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई दिनु पर्नेछ ।